• २०८२ जेठ ६ सोमबार

श्रेष्ठ र बगालेको ‘अन्तर्बोध’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

प्राध्यापन पेसामा संलग्न श्रीकृष्ण श्रेष्ठ र शिष्या शर्मिला बगालेले संयुक्तरूपमा लेलेको पुस्तक ‘अन्तर्बोध’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कृष्णचन्द्र शर्मा, डा. तुलसीप्रसाद भट्टराईलगायतले कृति सार्वजनिक गरेका हुन् ।

प्रा. डा. शर्माले आफूले कृतिकार श्रेष्ठलाई व्यवस्थापन विषयको प्राध्यापकका रूपमा मात्रै चिनेकोमा यस पुस्तकले श्रेष्ठ जगत र जीवन दर्शनका ज्ञाता पनि रहेको बोध भएको उल्लेख गरे । उनले गुरु शिष्याद्वारा लेखिएको यस पुस्तकले धेरै कुरा सिकाउने बताए ।

कार्यक्रममा प्रा. कृष्ण खनालले शोध निर्देशक र शोधकर्ताबीचको विचार विश्लेषण यस पुस्तकमा आएको बताए । लेखक प्रा. श्रेष्ठले के खोज्ने कहाँ खोज्ने भन्ने प्रश्नले नै यो पुस्तकको थालनी गराएको बताउँदै आफूहरूले बोध गरेका कुरालाई लिपिबद्ध गरिएको बताए । कार्यक्रममा लेखक शर्मिला बगाले, डा. तुलसी भट्टराई, हरिविनोद अधिकारी, डा. तुलसी गौतम, डा. निर्मला केसीलगायतले बोलेका थिए ।