समाचार

काठमाडौँ ।
गीतकार नारायण खतिवडाको शब्द, लक्ष्मण शेषको सङ्गीत रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । गीतमा गायक स्वरूपराज आचार्यले स्वर दिएका छन् ।
लामो समयको अन्तरालपछि वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले यसै गीतमार्फत सङ्गीतमा पुनरागमन गरेका हुन् । आजभोलि मानिस आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृति गीतमा व्यक्त गरिएको छ ।
गीतकार खतिवडाका यसअघि स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँ देखुँ, सन्देश र्पुयाइदेऊ, मेरो कथा, चोखो चोखो लगायतका दर्जनौँ गीत बजारमा आएका छन् ।