• २०८२ आश्विन २४, शुक्रबार

पुस्तक ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ सार्वजनिक

काठमाडौं ।

कवि सूर्य लाकोजूका ६ कवितासंग्रहमाथि लेखिएको पुस्तक ‘सूर्यका कविताहरूको प्रवृत्तिगत विश्लेषण’ सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा. डा. शैलेन्दुप्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँलले लगायतले लोकार्पण गरे ।

कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईले लाकोजू मूलतः कवि भएको र उनको कवि व्यक्तित्व लोकप्रिय रहेको उल्लेख गर्दै समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलद्वारा सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए ।