हिन्दी कविता

काठमाडौँ ।
साहित्यकार एल बी क्षेत्रीको नविनतम संस्मरणात्मक कृति अमेरिकामा ४३ दिन हिजो डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पित भयो । महिला साहित्यकार समूहले आयोजना गरेको सो कार्यक्रममा अमेरिकामा ४३ दिन कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन लगायतले गर्नु भएको थियो ।
कार्यक्रमका लोकार्पित कृतिबारे डा. सिर्जना शर्मा र डा. अशोक थापाले समीक्षा गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, कृतिकार एल बी क्षेत्री लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । महिला साहित्य समूह काठमाडौंका संयोजक कवि रिता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।