कविता-हिन्दी

काठमाडौं ।
गीतकारका रूपमा ख्याति कमाउनु भएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोतारदर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।
स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको थियो । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाई थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । कवि एवं गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठकरश्रोता र दर्शकमाझ ल्याउनुभएको छ ।
उहाँका थुप्रै फुटकर गीत, कविता र गजल सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो । गीतलेखन तथा सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएका अमरको ‘गर्मी भयो धरान’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, र्मायो सुडोले’, ‘काठे भाकैले’, ‘चकमक झुलो दल्छिन ढुंगा’, ‘कुटु–कुटु खायो मुटु’लगायत थुप्रै गीत श्रोतारदर्शकले अत्यधिक मन पराएका छन् । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् ।