• २०८२ कार्तिक २४, सोमबार

बगरको माछो

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

जिउने आस राख्दै छट्पटीन्छ
आकाश छुने गरि उफ्रिन्छ
जन्मैदेखिको तागत देखाउँछ
बगरको माछो ।

कालको जालबाट
बगरमा पुगेको थियो
स्वयं इन्द्र आएर बचाउन खोजे पनि
बाच्ने अवस्था थिएन
श्वास छदाको आस
फेरि प्रयन्त गर्छ
यन्ते कृते नसिद्धति क्रोत दोस ।

योजनाको ताप्के
तेल हालेर तातेकै थियो
ग्रेवी बनाउने
तारेर सुप बनाउने
भुङ्ग्रोमा पातमा बेरेर सेकुवा बनाउने
रोटीसँग, भातसँग
झोलिलो गरिखाने
हिस्सा खोज्नेहरु पनि लामबद्ध छन्
माछो मै आफ्नो अनुहार देख्नेहरू
पेवा मान्दैछन
तर माछो
बगरमा छट्पटीदै छ ।

माछो ढुगी बसेका बकुल्ला
बगरको माछो समात्न दौडदैछन
कालो कौवा त्यसैको दाउमा छ
चाहे ताप्केमा पाकेर
परिकार बनोस
चाहे कौवाले निस्तै निलोस
सुरक्षीत छैन
बगरको माछो ।

स्वतन्त्र पूर्वक पानीमा पौडने
जालमा फसेर बगरमा फालिएको
फेरि यत्न गर्दैछ
बल गर्दैछ
उफ्रिएर नदीमा जाने ।

बगर उसको होइन
बगरसँग उसको साइनो सम्बन्ध छैन
उ चिन्दैन तातो बालुवा र कठोर ढुङ्गा
सायद स्वर्ग यस्तै पो हुन्छ कि ?
नरकको एक छेउतिर हो कि ?

स्वामित्वको जुझाइ देखिएको
एउटाले खोलाको स्वामित्व खोज्यो
अर्कोले परिश्रमको मूल्य हो भने
अर्को झोडीमा झुण्ड्याउन
सिक खोजेर ल्यायो
जालबाट मुक्त माछो
उन्मुक्तिको छलाङ मार्दै फेरि उफ्रियो
मुक्त संसारमा पुग्यो
बगरको माछो ।


कैलासकुमार पाण्डेय