अङ्ग्रेजी कविता

नुवाकोट ।
साहित्य संगम नुवाकोटको आयोजनामा, बिदुर नुवाकोटमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ गीतकार तथा साहित्यकार उषा शेरचनको कथासंग्रह ‘बेग्लै म’ माथि परिचर्चा सम्पन्न गरिएको छ ।
बिदुर-४ बिदुर नुवाकोट स्थित संगम पुस्तकालयमा साहित्य संगम नुवाकोट र महिला साहित्यकारहरूको समूह काठमाडौंको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा ‘बेग्लै म’ कथासंग्रहको परिचर्चालगायत कविता वाचन पनि गरिएको थियो । साहित्यकार तथा समीक्षक रन्जना निरौलाले कथाकार शेरचनको कथाकरिता तथा व्यक्तित्व माथि प्रकाश पार्दै नारी संवेदनाको उच्छवास कथाहरुमा ‘बेग्लै म’ कथासंग्रह शिर्षकमा समीक्षा गरेकी थिइन ।
निरौलाले ‘बेग्लै म’ कथासंग्रह सतप्रतिशत नेपाली महिलाका पीडा, कथा व्यथा, नेपाली समाजको कालो सत्य, विभेद र विसंगतिको ऐना रहेको अझ भन्दा नारी संवेदनाको प्रतिनिधि कथासंग्रह रहेको कुरा व्यक्त गरिन । शेरचनले इमान्दारपूर्वक आफू वरपरका सामाजिक परिवेशीय कृत्यहरूको पर्दाफास गरेको र नारीमाथि हुने शोषण, विभेद, वाध्यता विवशतालगायतका संवेदशील विषयलाई कथाहरूका माध्यमद्वारा उजागर गरेको कुरा चर्चा गरिन । साहित्यकार एवम् साहित्यिक अभियन्ता सुमित्रा सुमी, रुपा थापा र रिता खत्रीले कार्यक्रमलाई निरन्तरता दिएका थिए । उषा शेरचनको कथाकरितामाथि साहित्यकार कुमारी लामाले पनि प्रकाश परेकी थिइन ।
कार्यक्रममा काठमाडौँबाट गएका साहित्यकार तथा स्थानीय कविहरूले कवितावचन गरि कर्यक्रमलाई कवितामय बनाएका थिए । सहित्यसंगम नुवाकोटले साहित्यकार उषा शेरचनलाई सम्मान गरेको थियो ।