• २०८२ आश्विन ६, सोमबार

स्मिता दाहालको ‘आमा’गीत सार्वजनिक

काठमाडौँ ।

गायिका स्मिता दाहालले आमा बोलको गीत ल्याएकी छन् । आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर दाहालको आमा बोलको गीत सार्वजनिक भएको हो । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा आमाको माया, संघर्ष र समर्पणको सन्देश रहेको छ ।

गीतमा शब्द र संगीत चेतन सापकोटाको रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतको भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । भिडियोमा बाल कलाकार दीप्शिका श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।