समाचार

काठमाडौँ ।
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भुगोलकुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘दुरी मलाई हुनु छैन’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।
वरिष्ठ गीतकार हरिभक्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।
विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।