कविता

काठमाडौँ ।
कवि तथा गीतकार पुष्पा खनालको म्युजिक भिडियो जिउनै पर्छ सार्वजनिक गरिएको छ ।
तिमीले साथ नदिए नि जिन्दगी त जिउनै पर्छ …….
एक मुठी प्राण रहेसम्म दुख पिडा सहनै पर्छ ……….
बोलको उक्त गीतमा गायक तथा संगीतकार नरेन्द्र प्यासीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन विनोद कुमार भुजेलले गर्नु भएको हो । समीर सुवेदी, सन्ध्या क्षेत्री रविन गिरि र बाल कलाकार रसुफ काफ्ले ले अभिनय गर्नु भएको छ । भिडिओ निर्देशन सुरेश काफ्ले ले गर्नु भएको हो ।
दमन्ता खनाल स्मृति स्रष्टा सम्मान अर्पण कार्यक्रममा उक्त गीत बजाए लोकार्पण गरिएको थियो । यो म्युजिक विडियो म्भभउगकजउब अचभबतष्यलक युटुब च्यानलमा हेर्न सकिन्छ ।