समाचार

गुरु !!
आमा र बा पछि धर्तिमा
अर्को जन्म दिने कोहि छन भने
गुरु हुन्
जसले दिनरात खटेर
चेतना मार्फत
ज्ञानको ज्योती बालेर
शिष्य नामको जीवमा
ठूला सपना,
बाँच्ने आशा,
यो धर्तिमा आफ्नोपनको
आभास मात्र नभएर
केही सत्कर्म गरेर आफ्नो
प्राण र जगतको कल्याण
गराउन हरपल
उत्साहित गराइरहे ।
मध्यमदेखि निम्न स्तरको
मेरो लगाएत समग्र नेपालीको
आर्थिक दुरावस्तामा
एउटा मात्र दैनिकिको सहारा
अत्यन्त प्यारो,
आमाको कोख पछिको
दोस्रो धर्तिमा टेक्न, रमाउन र
सुन्दर लक्ष्य हासिल गर्न सघाउने
अत्यन्त आत्मिय स्थान सामुदायिक
बिद्यालयको समग्र रौनकका
पालक प्रिय एवम् आदरणीय गुरुजन
हजुरहररू आज आफैं सडकमा
देख्दा निस्शब्द भएको छु ।।
यो पुण्य भूमिमा
गुरुवर्गको स्थान सदैब अग्रणी छ र रहन्छ,
तथापी
गुरु ! हजुरहरूको ज्ञानले दिएका
प्रायः सबै चेतना,
अल्प भोजन,
स्वान निद्रा,
बकोः ध्यानदेखि काग चेस्टा सुन्दै
कठोर तपस्या गर्दै
बिताएका ती दिनहरू
र राम्रो बिद्यालय तहको सर्टिफिकेट
त्यो दिनमा निरीह लाग्न थाल्यो,
जुन दिन सहरका
ठुला ठुला सडकमा बेरोजगार भइ भौतारिँदा,
ठुला कलेजमा आफ्नो
सोच अनुसारको पढ्ने हैसियत नहुँदा,
कहिले कहिँ आफ्नै जीवनसँग दिक्क लाग्छ
मेरो सामुदायिक बिद्यालय,
जहाँ हरेक बिहान स्कुल पुग्दा
जून जस्तै आशाका किरण
शिक्षक वर्गको सामिप्यताबाट
उदाइ रहेका हुन्थे !!
अन्य संघ, संस्था एवम् कार्यालयमा
कसैले फाइदा अनुसार
दम्भ देखाए ठिकै लाग्थ्यो,
तर प्यारा गुरु !
जीवन भर ठूलो स्वरलेसम्म गाली गर्नु नपरेको इमान्दार शिष्य
आफ्नो जीवन बचाउन यो निर्मम
शहरमा हर दिन प्रयोग भैरह्यो,
त्यो पनि एउटा निजि बिद्यालयमा अध्यापन गराउने
शिक्षक वा कर्मचारी बनेर,
आज पनि हजुरहरु पारीश्रमिक भन्दा
नियमको दायरामा लडिरहनु भएको छ,
निरीह शिक्षकलाई पनि
सहयोग हुन पुगोस,
जहाँ जागिर र विवसताको नाममा
पसिना होइन आँशुको पनि
व्यापार गरीन्छ ।।
हजुरहरूको त्यागबाट,
हरेक निम्न वर्गका
बालक,
देशका होनहार कर्मचारी,
ब्याङ्कर,
व्यवसायी,
पाइलट, वकिल, न्यायाधीसदेखि
डक्टर एबम अनेक तहका
रास्ट्र सेवक बनिरहेछन
हजारौं कलिला मुनाहरु बन्ने क्रममा
हजुरको पेशाबाट सिंचित छन,
अब मलाई लाग्दैन हजुरहरुको
माग कुनै किनारा लाग्न नसक्ने,
असान्दर्भिक छ
हजुरहरुको माग पूरा हुन,
शान्तिपूर्ण आन्दोलनको कामना !
सुशिला शर्मा ‘शिलु’