• २०८२ आश्विन २, बिहीबार

प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी २० देखि ४०प्रतिशतसम्म छुट

काठमाडौँ ।

‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियो । उक्त पुस्तक प्रदर्शनी २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ ।

प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नोै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । साथै नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।

प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ । प्रदर्शनीमा अनुसन्धानात्मक, संस्कार र संस्कृति तथा विभिन्न भाषाका कोशहरू राखिएको छ ।


कौन पुछेगा ?

काल

तिमीले देख्यौ ?