लिबियाली कविता

काठमाडौँ ।
साहित्यकार प्रदीप आर तुलाधरका दुई कृति-लघुकथासंग्रह “मिखा तिस्सीमागु ई” र गजलसंग्रह “ख्युंथाय् चिलाख च्याइ”- एक समारोहका बीचमा सार्वजनिक भएको छ । समालोचक पूर्ण ताम्राकारको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कथाकार ध्रुव मधिकर्मी, गजलकार भूषणप्रसाद श्रेष्ठ, कवि पुष्पराज राजकर्णिकार र भाषा सम्पादक पौभा साय्मीले संयुक्त रुपमा यी कृतिहरूको लोकार्पण गर्नुभएको थियो ।
लघुकथासंग्रह “मिखा तिस्सीमागु ई” मा समावेश कथाहरूको विषयवस्तु वैदेशिक पृष्ठभूमिमा आधारित भए पनि त्यसमा अभिव्यक्त मानवीय भावना र संवेदना सबैका लागि समान रुपमा प्रासंगिक रहेको कथाकार मधिकर्मीले बताउनुभयो । गजलकार श्रेष्ठले तुलाघरका गजलहरूलाई प्रभावकारी भएको बताउँदै प्रकाशनपूर्व केही त्रुटिहरू सच्याउन सकिएको भए अझ राम्रो हुने धारणा राख्नुभयो ।
कृतिकार तुलाधरले आफ्ना कमीकमजोरी स्वीकार गर्दै आगामी दिनमा सम्बन्धित पक्षसँग परामर्श गरी कृति प्रकाशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा कवि राजकर्णिकार, भाषा सम्पादक साय्मी र दिव्या ताम्राकारले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरी, सिर्जना अभियान समाजले तुलाधरको लघुकथासंग्रह “मिखा तिस्सीमागु ई” र दुर्गा तुलाघरले गजलसंग्रह “ख्युंथाय् चिलाख च्याइ” प्रकाशित गर्नुभएको हो । यी दुवै कृतिहरूले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।