• २०८२ आश्विन २८, मंगलवार

गजल

निशा के.सी.

निशा के.सी.

आफ्नै आँखाले पनि कहिले घाम, कहिले झरी दिन्छ
कहिले दुखैदुःख कहिले ओठ भरि मुस्कान भरिदिन्छ

जीवनमा यति सुन्दर समय आउला सोचेकै थिइनँ
समय पनि बदमास हुने रहेछ, गर्नु नगर्नु गरिदिन्छ

स्वयम् भित्र हेर्न थालेपछि अपूर्व परिवर्तन हुँदोरहेछ
अनुहार नै हेर्न मन नलाग्ने मान्छे पनि मन परिदिन्छ

खुसी भन्न्नु पनि त एउटा सुवासित कलमी नै त रहेछ
प्रेमले र्सायो भने जुनसुकै हृदयमा, लहलहाउँदै सरिदिन्छ

सुखदुःखको चनौटोमा घोटिएर चन्दन बन्न मन छ मलाई
घोटिएर नै त चन्दनले, धर्तीमा मगमग बासना छरिदिन्छ ।।


निशा के.सी.