• २०८० मंसिर १९ मङ्गलबार

डङ्गोलको एकलपौभा चित्रकला प्रदर्शनी पाटन सङ्ग्रहालयमा सुरु

ललितपुर ।

कलाकार उत्तम डङ्गोलको एकलपौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डङ्गोलले सृजना गर्नुभएको ३५ थान चित्र प्रदर्शित छन् ।हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्रप्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीले जनमानसमा कलाको महत्त्वलाई स्थापित गर्दै नेपालको मौलिककला पौभालाई अझ प्रचार प्रसार गर्ने उद्देश्य रहेको कलाकार उत्तम डङ्गोल बताउनु हुन्छ ।

विशेषतः मूर्तिकारका रूपमा परिचित कलाकार डङ्गोलले समसामयिक विधाका चित्रकला बनाउनुहुन्छ । यद्यपि यस प्रदर्शनीमा उहाँले नेवास् समुदायको मौलिककला शैलीलाई अपनाउनुभएको छ । प्रदर्शनीको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुभएको हो । उहाँले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो- ‘‘कलाकार डङ्गोलले नेपालको मौलिक पौभा कलाप्रदर्शनी गरी संस्कृति जर्गेनामा योगदान दिनु भएको छ, पौभा कलालाई संरक्षण, विकास तथा प्रवर्धनसँगै उद्योगका रुपमा विस्तार गरी कला र कलाकारको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्छ ।’ ललितकला गुठी, उसमाज कलेक्सन र ज्यापू समाजले आयोजना गरेको प्रदर्शनी १० दिनसम्म चल्ने कलाकार डङ्गोलले जानकारी दिनुभयो ।