• २०८२ आश्विन २८, मंगलवार

लेखक आकाश अधिकारीलाई ‘दीपा–जनमत सम्मान’

दमौली ।

नेपाली साहित्यमा विशेष योगदान र्पुयाउँदै आएका लेखक आकाश अधिकारीलाई जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–काभ्रेपलाञ्चोकले ‘दीपा–जनमत सम्मान’ प्रदान गरेको छ । २०८१ फागुन महिनामा जनमत साहित्यिक मासिक पत्रिकामा प्रकाशित ‘छुटेको गल्बन्दी’ शीर्षकको नाटकलाई उत्कृष्ट ठहर गर्दै प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो ।

दमौली निवासी अधिकारीलाई नेपाली भाषा, साहित्य र सिर्जनामा र्पुयाएको उल्लेखनीय योगदानका लागि प्रशंसापत्रसहित सम्मान गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले सम्मान कार्यक्रमका अवसरमा बताए । प्रतिष्ठानले अधिकारीको उत्तरोत्तर प्रगति र निरन्तर सिर्जनात्मक योगदानको कामना पनि व्यक्त गरेको छ । सम्मान पत्र चैत २३ गते शनिबार बनेपामा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।