• २०८२ आश्विन २२, बुधबार

टिकटमा मुक्तक कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेपाली काव्यअन्तर्गत मुक्तक विधामा विभिन्न काम गर्दै आएका चार संस्था नेपाल मुक्तक प्रतिष्ठान, घुम्ती मुक्तक नेपाल, मुक्तक मञ्च काठमाडौं तथा मुक्तकालय नेपालले संयुक्तरूपमा टिकटमा मुक्तक कार्यक्रमको आयोजना गर्दै मुक्तक वाचन गरेको छ ।

काठमाडौं प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले नेपाली मुक्तक परम्पराबारे बोले ।

उक्त अवसरमा ११ जना मुक्तककारहरू भैरहवाका रुद्र ज्ञवाली, रौतहटका हरिकृष्ण काफ्ले, नेपालगन्जका खगेन्द्र गिरी ‘कोपिला’, झापाका मदन भण्डारी, पोखराकी सरु लामिछाने, काठमाडौंका उदास कार्की, सन्तोष अम्गाईं, मीना चौलागाईं, पार्वती भट्ट, अनुराधा ढकाल तथा दीक्षा भण्डारीले दुई चरणमा गरेर १० र १० वटा मुक्तक वाचन गरेको धुम्ती मुक्तक नेपालका निर्मलरमण पराजुलीले जानकारी दिएका थिए ।