• २०८२ भाद्र २९, आईतवार

प्रविन बज्राचार्यको ‘मायामा मायामा’ सार्वजनिक

काठमाडौं ।

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत मायामा मायामा सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो । यस गीतका गीतकार ओम लाल अकेला हुन्, जसले प्रेममा रहेका मानिसहरूको भावना अभिव्यक्त गरेका छन् ।

गीतलाई आकर्षक बनाउने कार्य एरेञ्जर दिपेश सिंहले गरेका छन् । यसको भिडियो अमेरिकाको क्यालिफोर्नियामा रहेको Clove and Hoof Restaurant को सहकार्यमा निर्माण गरिएको हो । भिडियोका निर्माता कल्यान महत हुन् । भिडियोमा बिना राउत र राजेश भट्टराईले अभिनय गरेका छन्, जसले प्रेम र भावनात्मक संवेदनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।

भिडियोको छायांकन बलकुमार मगर र गोपाल मगरले गरेका छन् भने सम्पादन बलकुमार मगर स्वयंले गरेका छन् । निर्देशनको जिम्मेवारी कपिल कार्कीले सम्हालेका छन्, जसले कथा र दृश्यांकनलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोलाई दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।