समाचार

नयाँ सोच र विचार कहाँ आउँछ बुद्धि नै ढलान भएपछि
धमनी र शिरा जति सबै खिया लागेको फलाम भएपछि
नैतिकता गुम्दै जान्छ अस्तित्व संकटमा पर्दै जान्छ हजुर
आत्मीयता र मानवता बीचमा स्वार्थको पर्खाल भएपछि ।
उदाए पछि सूर्य सुनौलो बिहानी ढलेर जान्छ
फुर्ति लगाउनै पर्दैन यो जवानी गलेर जान्छ
बाँचुञ्जेल घमण्डको सगरमाथा जति चडेपनि
चिताको रापले दाउराको सिरानी जलेर जान्छ ।
गरुँगो हुदैमा जहाँतही दुखको भारी बिसाउनु भएन
गल्ती गर्छन त आफ्नैले सधैं के गर्नु रिसाउनु भएन
उमंग बल्लतल्ल आउँछ अनि मेघ झैँ गर्जेर हराउँछ
आशाको गुलियो लड्डुमा, निराशा मिसाउनु भएन ।
हनुमानले पहाड बोके झैं कुरा बोक्न थालेपछि
नीतिनिर्माता हरू सम्साँझै सुरा धोक्न थालेपछि
कहाँ भेटिन्छ मानवता रु कहाँ भेटिन्छ नैतिकता रु
अंगालो बेर्ने साथीले पिठ्युँमा छुरा घोप्न थालेपछि ।
फरकफरक हतियारको फरकफरक नै धार हुन्छ
अनुशासनमा नभएको जिन्दगी त अन्धकार हुन्छ
एक्लै जन्मिएपछि एक्लै मर्नुपर्छ बुझ्दा बुझ्दै पनि
सांसारिक मोहजालमा मानव किन रुलाचार हुन्छ ।
प्रकाश घायाल