English Poem

काठमाडौं ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार- २०८१ सालमा नवप्रज्ञापन पत्रिकालाई अर्पण गरिने घोषणा गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा २०८१ चैत्र २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्वाभिमान वस्ती जीतपुर बारा मधेश प्रदेश कार्यालय रहेको ‘नवप्रज्ञापन’ नवराज रिजालको सम्पादन र प्रकाशनमा ३२ वर्षअघिदेखि प्रकाशित हुँदै आइरहेको छ । २०५० साल श्रावण महिनादेखि नियमित प्रकाशित हुँदै आइरहेको नवप्रज्ञापनले २०७७ सालमा प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरिसकेको छ।
आउँदो चैत्र २२ गते विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कारमा नगद राशि रु २५ हजार रहेको छ । यसअघि पुरस्कार ‘रचना’का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त र ‘जूही’का सम्पादक चूडामणि रेग्मीले प्राप्त गरिसक्नु भएको छ ।