कहानी-हिन्दी

काठमाडौँ,
वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठको आत्मकथा ‘सौन्दर्य क्रान्ति’ आज राजधानीमा आयोजित एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्षहरू ज्योत्स्ना श्रेष्ठ हेमराज ढकाल लगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।
४५ वर्षदेखि निरन्तर सौन्दर्य पेसामा संलग्न रहँदै आएकी कमला श्रेष्ठले आफ्नो करियरमा लाखौँ महिलाहरूलाई सौन्दर्य सम्बन्धी तालिम प्रदान गरेकी छन् । उनको मार्गदर्शनमा हजारौँ महिलाहरूले यसलाई पेसा र व्यवसायको रूपमा अङ्गालेका छन् ।
‘सौन्दर्य क्रान्ति’ पुस्तक लेखन कुञ्जद्वारा प्रकाशित गरिएको छ । पाठकहरूका लागि यो पुस्तक हार्डकभर र पेपरब्याक दुवै संस्करणमा उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।