• २०८२ आश्विन २३, बिहीबार

गजल

 डम्बर बिकेल

डम्बर बिकेल

पिरतीको सिंहासनमा सँगसँगै बस्न पाए हुन्थ्यो
माया गरी तिमीलाई अँगालोमा कस्न पाए हुन्थ्यो

प्यारको मातमा लट्ठै परी सारा दुनियाँ नै भुलेर
कोमल तिम्रो हृदयमा प्रेमले पस्न पाए हुन्थ्यो

प्रीतिको बात लागी तिमीसँगै बदनामी नै भए नि
सुन्दर तिम्रो बदनमा प्रेमले फस्न पाए हुन्थ्यो

जादु छ बोलाइमा तिम्रो मुस्कान नि मिठो उसैगरि
अधरमाथि अधर राखी प्रेमले डस्न पाए हुन्थ्यो ।


डम्बर बिकेल