• २०८२ भाद्र २९, आईतवार

निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कृत

काठमाडौं ।

राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरिएको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा दीपिन सिजापति प्रथम हुनुभएको छ । त्यस्तै मोहन पोखरेल द्वितीय हुनुभएको छ । प्रतियोगितामा समीक्षा दाहाल तृतीय हुनुभएको छ भने रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना हुनुभएको छ ।

उहाँहरूलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संगठनका अध्यक्ष क्षितिज थेवे, संगठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारी नगद पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको छ ।