• २०८२ आश्विन २३, बिहीबार

‘भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान’ पुस्तक प्रकाशित

काठमाडौं ।

प्राध्यापनमा सक्रिय डा. दुर्गाबहादुर घर्तीद्वारा लिखित समालोचनात्मक कृति ‘भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान’ सार्वजनिक गरिएको छ ।

भिक्षुका उपन्यासहरू ‘सुभद्रा बज्यै’, ‘आगत’, ‘पाइप नं. २’ र ‘सुन्तली’माथि समालोचकीय दृष्टिकोण राखिएको यो पुस्तकलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो ।