समाचार
काठमाडौँ ।
नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । सम्मानित स्रष्टालाई जनही रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ ।
नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुरयाबापत उहाँहरुलाई यो सम्मान अर्पण गरिन लागेको हो ।स्मरणीय छ नेपाली आख्यान जगतका शिर्ष प्रतिभा परशु प्रधानको निधनको ४५औं पुण्यतिथिका दिन आफ्ना पिता परशु प्रधान तथा माता कल्पना प्रधानको नाममा एक लाख एकसय एक रुपैयाँ नगद राशिसहितको ‘परशु–कल्पना स्रष्टा सम्मान’उहाँका सन्तानहरुले नेपाल स्रष्टा समाजमार्फत् प्रत्येक वर्ष चैत ५ गते वितरण गर्ने गरी स्थापना गरिएको थियो ।
पहिलो वर्षको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिन लागेको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
