• २०८२ आश्विन १, बुधबार

मदन पुरस्कार–२०८१का लागि पुस्तक आह्वान

काठमाडौं ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग गरेको छ । गुठीले २०८१ साल २०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।

उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले मदन पुरस्कारका लागि २०८२ वैशाख १५ सम्ममा आवेदन दिन सक्नेछन् । आवेदकले आफ्नो पुस्तकका चारप्रतिसहित आवश्यक विवरण मदन पुरस्कार गुठीको ठेगानामा पठाउनु पर्नेछ ।