कविता–हिन्दी

कसै कसैको
खप्परमा लेखे कै हुँदोरहेछ
दैवले पनि छप्पर
फुटाएर दिँदोरहेछ ।
माटोमा हात डुबाउन
घिन मान्दछन्
परिश्रम गर्न दुख मान्छन्
अल्छी छन,झर्को मान्दछन् तर
अजिङ्गरको आहारा दैवले पुर्याउँछ
भने झैँ पुर्याउने पनि रहेछ ।
सबैले चित्त बुझाए कै हुन्छन
दैवको लिला यस्तै रहेछ
नहुनु पर्थ्यो भयो
चित्त बुझाउने बाटो ।
आफुलाई केन्द्रमा राख्छन
त्यही बाट मापन हुन्छ
दुख सुखको
धनी गरिवको
राम्रो नराम्रोको
हरेकसँग उपाय हुन्छ
अजिङ्गरको आहारा दैवले पुर्याउँछ भन्छ
उपाय कति कति भन्छ
दम्भसहित भन्छ
खाने मुख मात्र होइन
परिश्रम गर्ने पाखुरा छन्
नवीनतम चिन्तन गर्ने
मस्तिष्क पनि छ ।
त्यस्तो उल्लेखनीय कार्य पनि हुँदैन
त्याग,बलिदान, संघर्ष पनि
देखिंदैन
पद, प्रतिष्ठा, मान, सम्मान
ओइरो लाग्छ
छ्प्पर फुटाएर आउदो रहेछ ।
कसै कसैलाई
जीवन भर परिश्रमै परिश्रम
जीवन संघर्ष हो
पसिनाको फल लिनु पर्ने
कर्मको लेखी हो
जस्तो लेख्यो
भावनीले सहनु पर्ने
यो भन्दा विपन्नता कस्तो हुदो होरु
सम्पन्न र विपन्नको सिमारेखा पनि
बेकार जस्तो लाग्छ ।
कसै- कसैको
खप्परमा लेखे कै हुदो रहेछ
दैवले पनि छप्पर
फुटाएर दिदो रहेछ ।
कैलासकुमार पाण्डेय
परशुराम -३ थपला, डडेल्धुरा