• २०८२ आश्विन २८, मंगलवार

अंजुमन आराका दुई कविता

१. एक्लोपन

थाहा छैन किन
तर म एकदम दुखी छु ।
मलाई यो पनि थाहा छैन, के गर्नु पर्ने हो ?

भीडमा एक्लो हुनुको आभासले
म एक्लै आफैमा अल्मली रहेको छु
कतै एउटा शान्त-एकान्त पाउने आशामा
बाटोमा आउने हरेक ब्यवधानहरूलाई म
एक्लै पार गरिरहेको छु ।
तर हर सम्भव प्रयास गरे पनि
एक्लोपन र अंतत: म पाउँछु
बस त्यही एक्लोपन ।

२. तिम्रालागि

तिम्रालागि
मैले मेरो जीवनको बाटो
फेरेकी छु ।
तिम्रालागि
मैले मेरो सुनसान आँगनमा
तिम्रो आस्तित्वको हरियो लेउ
अंगालेकी छु ।
तिम्रैलागि
मैले मेरो अंतरमा
गहिरो प्रेम सजाएकी छु ।


अंजुमन आरा
[email protected]