कविता

काठमाडौँ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार शारदारमण नेपाल हृदयचन्द्र स्मृति सम्मान-२०८१ बाट सम्मानित भएका छन् । साहित्य सदन नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाललाई आइतबार उक्त सम्मान प्रदान गरेको हो ।
बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजित एक कार्यक्रममा सम्मानित नेपाललाई प्रसिद्ध माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईले माला लगाई सम्मान गरेका थिए । प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा उप्रेतीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए भने सदनका अध्यक्ष हेमराज पौडेलले खादा ओढाइ सम्मान गरेका थिए ।