• २०८२ आश्विन २३, बिहीबार

प्रह्लाद !

धनराज गिरी

धनराज गिरी

जोखिम हुन्न, यति कडा खतरनाक सत्य लेख्ने ? नारायण तिवारी । हो त दाजु, म उहाँलाई भन्छु, यति छरपस्ट र छताछुल्ल, अरूको लागि अण्टसण्ट त नलेखे हुने नि, बरु कोपिलातिर आए हुने, यस्तो अद्वितीय प्रतिभा, के भन्ने र ? गिरिराज डल्लाकोटी ।  हो त, म त सक्दिन अब !  विधान आचार्य ।  होइन बा, यत्रो जोखिम मोलेर लेख्नुहुन्छ, हजुर कुन्साङ्ग काका होइन, कसले जोगाउँछ ? कवच कुण्डल को ? बा, नवराज पनि हजुरको चिन्ता गर्ने नि, म मात्र हो र ? रचना शर्मा । सबैले चिन्ता व्यक्त गरे । शङ्कर गैरे र नारायण नेपाल मौन । लेखराम सापकोटा मुसुमुसु । यसलाई जति गाली गरे पनि हुन्न, मजस्तै छ, आफ्नो सुर नछाड्ने ! मैले त उहिल्यै भनेको ! मान्दैन । एकोहोरो छ । बेइमानी त जान्दैन । अलि जोगिएर लेख्नु नि ! जे पनि लेख्छ, ह्वाङ्ग ! भानुप्रसाद मायालु अनुगुन्जनोपाध्याय । जीवनदर्श सिक्दै छ, मेरो कान्छो । टोलेमी हो, टोलेमी ! यो जोगी मायालाग्दो छ, ओलीजीले पनि सम्झिने मान्छे त, चानचुने हो र ? रमाकान्त सापकोटा ।

दाइ, हजुरलाई यत्रो हिम्मत केले दिन्छ ? आम्मै, प्रेम रिमाल र हजुर त जन्मेकै हो । किसान प्रेमी । यतिखेर लघुकथा दिवस मनाउन सबै साथीहरू प्रोफेसर शङ्करनारायण नेपालोपाध्याय पाल्पालीको घरमा जम्मा भएका छन् बैकुण्ठनगर । प्रोफेसर जगमोहन आजाद र धनराज गिरी आउनै छ । विश्वनाथ खनाको कारमा । अरू पनि । साथीहरूको माया, सम्मान र भरोसालाई नमन, अभिवादन । साथीहरू, इमान यस्तो दिव्यास्त्र हो जसले हरेक कुरुक्षेत्रमा विजयी बनाउने पक्का, मेरो अर्को नाम प्रोफेसर अजेयराज दिग्विजय अभयश्री सुमार्गी पनि हो । म बेखौफ ! डर लाग्दैन, कत्ति पनि ।किन ? हरेक मान्छेभित्र एक प्रह्लाद हुन्छ, पवित्र प्रह्लाद, हरिभक्त, त्यो प्रह्लादलाई जोगाएमा, जति हिरण्यकश्यपु र होलिकाले आक्रमण गरे पनि अमूर्त नारायणहरू हाजिर, बिष्णुको त म मामा ससुरा ! नारायण वन भाइ ! कसले छुने ? मलाई अमूर्त शक्तिमा भरोसा छ, यो समाज मलाई चिन्दछ । म त परिवारको मात्र होइन नि । यो जोगी, यो ७४ नामी छत्तीसे, वाममैत्री कमरेड बिस्फोट सबैको हो, कसैको पनि होइन । शायर हो, कायर होइन । मैले सज्जन र इमानदारहरूलाई दुःख दिएको छु ? सानालाई ठोक्ने र ठूलालाई बोक्ने गरेको छु ? मेरा चेलाचेलीले मभित्रको सत्यम्- शिवम्- सुन्दरम् लाई चिनेका छैनन् र ? म आफ्नो मनोबल, जमीर र योग्यतामाथि, आफ्नो सत्कर्ममाथि पूर्ण सम्पूर्ण भरोसा गर्दछु । मभित्रको  प्रह्लाद सुरक्षित छ । म ढुक्क !

वाह, प्रोफेसर साहेब, अब खीर खाने ! मेरो भाइ विराटको अर्जुन ! अजेय हो । एक गाना, किशोर दा का !  नारायण तिवारी । खीर आयो । प्रोफेसरले मीर बनेर गीत गायो । मेरो दाइ प्रह्लाद नै हो ! नारायण वन । बैठक सकियो ।


धनराज गिरी