• २०८२ कार्तिक १८, मंगलवार

आमा !

डिल्लीराम संग्रौला

डिल्लीराम संग्रौला

आमा ! यी दुनियाँवासी भन्छन् कि
तिमी मरी सकेउ छैनउ ऐले
यी दुनियाँवासी भन्छन् कि
तिमी थेउ राम्री त्यही भएर भयौ ईश की प्यारी
यी दुनियाँवासी भन्छन् कि
बिचारीले धेरै कष्ट झेली
सुखानुभूतिका समयमा संसार छोडी ।

तर मलाई यस्तो लाग्दैन आमा !
जब सम्म म हून्छु जिउदो
तिमी मरी सकेउ भन्न सक्दिन यस्तो
मेरो रग रगमा प्रवाहित छ रक्त तिम्रो ।

जब मलाई भोक लाग्छ
तिम्रा हातले ख्वाएको याद आउँछ
जब मेरा आँखबाट आँशू टपकिन्छन्
आँशू पुछी दिने तिम्रा हातको याद आउँछ
जब मलाई चोट लाग्छ
जडीबूटीको रसको याद आउँछ
जब मेरो कसैसँग भनाभन हुन्छ
तिम्रो शिक्षाको मलाई याद आउँछ
जब म कसै सँग रिसाउछु
‘माफ गरी दे छोरा’ तिमीले भनेको याद आउँछ
जब मलाई निन्द्रा लाग्छ
तिम्रा हातले सुम्सुम्याएको याद आउँछ
जब म स्वादिष्ट भोजन खान्छु
गोरस सँगै तिमीले खुवाएको याद आउँछ
जब म खुशीले हाँस्छु
म सँगै तिमी पनि हाँसेको याद आउँछ
जब म उदास भएरर दुखी हुन्छु
तिमीले दिएको हौसलाको याद आँउछ
त्यहीभएर आमा !
मलाई यी दुनियावासीको विश्वास लाग्दैन
जब सम्म म हून्छु जिउदो
तिमी मरी सकेउ भन्न सक्दिन यस्तो
मेरो रग रगमा प्रवाहित छ रक्त तिम्रो ।


डिल्लीराम संग्रौला