हिन्दी कविता
धेरै समयदेखि
अधिर प्रतिक्षामा
जसको कल्पना उतारें क्यानभासमा
चन्द्रमासँग मुस्कुराउँदै, गुलाबलाई स्याहार्दै
उसकै साथ यात्रा गर्न चाहन्थे
र साथसाथ बगेर मिसिन चाहन्थे सागरमा
त्यो तिमी नै हौ ! मात्र तिमी
मैले गीत लेखें
कविता लेखें
कहिलेकाहीँ सास रोकेर आँखा बन्द गर्दै
अनन्त माथि भरोसा राखें
कठिनाइहरूसँग लड्दा लड्दै पनि
रहरहरुले अनुरोध गर्थे र गरिरहन्थे
आहा ! त्यो मुक्ति थियो वा प्राप्ति
यो तिमी नै हौ । मात्र तिमी
मैले कहिले सास फेर्न थालें ?
पूर्णविरामको समय कहिले हो
कति टाढा हिँड्ने
कहाँ रोकिने
मसँग म मात्र छु, त्यसपछि म कतै छैन
यहाँ यात्रा छ र कुनै बाटो छैन ।
दिनको हृदयमा वा रातको मनमा
म छु कि छैन ?
यद्यपी
म र म भित्र केही थियो
धेरै थियो
त्यो तिमी नै थियौ
तिमी नै हौ ।
शुन्यपनको लामो अन्तरालमा
साथमा त थिए
कतै नीलो आकाश
कतै सुन्दर बादल
केही हरियाली
केही शान्ति
केही प्राप्ति
र अरू पनि धेरै
ती सबै तिमी नै थियौ
त्यो तिमी र केवल तिमी हौ ।
रञ्जना निरौला