• २०८२ आश्विन २३, बिहीबार

मासिक कथावाचनको १६औँ शृंखला सम्पन्न

काठमाडौं ।

मासिक कथावाचन कार्यक्रमको १६औँ शृंखला सम्पन्न भएको छ । गएको शुक्रबार (माघ २५) डिल्लीबजारमा आयोजित कार्यक्रममा ६ कथाकारले ०३० देखि ०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथावाचन गरे ।

मासिक कथावाचन अभियानका परिकल्पनाकार एवं कथाकाररनियात्राकार चन्द्रप्रसाद भट्टराईले विभिन्न पुस्ताका कथाकारलाई एउटै मञ्चमा निम्त्याएर फरक–फरक दशकमा प्रकाशित कथावाचन गराउने कार्य थालिएको बताए । यो अभ्यासबाट नेपाली साहित्यको एउटा सशक्त विधाको पुनर्जागरण र विकासमा केही योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

अभियानका अर्का परिकल्पनाकार तथा साहित्यकार पुष्कर लोहनीले आफू )१३ सालदेखि नेपाली साहित्यको सेवामा लागेको सुनाए । उनले वामपन्थी र प्रजातान्त्रिक धारको साहित्यको विकासलाई आफूले नजिकबाट देखेको बताए ।