समाचार

बैतडी ।
सहिद दिवसको अवसरमा बैतडी जिल्लाको दशरथ चन्द न. पा. वा. नं ४ स्थित बस्कोट पत्थरसियामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा काव्यगोष्ठी सम्पन्न भएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको सभापतित्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछालीको प्रमुख आतिथ्यता १६ गते प्रारम्भ भयो थियो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, दशरथ चन्द नगर पालिका प्रमुख पदमराज जोशी लख्खाभाई, सुदूरपश्चिम बिश्वविद्यालयका प्राध्यापकहरु, भारतबर्षको सिक्किम, राजस्थान, इलाहवाद, पिथौरागढ, अल्मोडाका र देशका विभिन्न स्थानका साहित्यकारको अपुर्व जमघट थियो ।
१७ सालको क्रान्तिका चार सहिद मध्ये दशरथ चन्दको जन्म घरमा कार्यक्रम आयोजना गरिएको थियो । सहिदगेटबाट प्रभातफेरी गरिएको थियो । नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, शिक्षक, कर्मचारी, विभिन्न बिद्यालयका विद्यार्थी, साहित्यकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । प्रभातफेरी सभामा रुपान्तरण भए पछि सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्दै ससस्त्र प्रहरी बल र नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । औपचारिक कार्यक्रममा विभिन्न वक्ताले आआफ्ना धारण प्रस्तुत गर्दै सहिद प्रती श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रममा भानीदत्र् बडु, कैलासकुमार पाण्डेय र बलदेव भट्टका कृतिको लोकार्पण गरिएको थियो ।
सुदूरपश्चिमको कला साहित्यको महत्वपुर्ण बिधा भडाँ प्रस्तुत गरिएको थियो । सकराम कार्कीको भडाँ निकै लोकपृय मानिन्छ । कुमाउनी कलाकारहरुबाट पनि आफ्ना प्रस्तुति पेश गरेका थिए भने विभिन्न बिद्यालयका विद्यार्थीबाट देउडा प्रदर्शन गरिएका थिए । विभिन्न बिषयमा शेसन सञ्चालन गरिएका थिए । सुदूरपश्चिमको लोक साहित्य, नेपाली साहित्यमा सु. प. को योगदान, सिमाक्षेत्रमा प्रभावित भाषा, साहित्य र संस्कृति बिषयमा छलफल गरिएको थियो । सहिद दिवसकै साझ जिल्ला समन्वय समितिको सभाकक्षमा काव्य सभाको आयोजना गरिएको थियो । चौबीस जना स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए । बैतडी सदरमुकाममा देश बिदेशका लेखकको जमघट थियो ।
राष्ट्रियता संरक्षण अभियानले ब्यवस्थापन गरेको कार्यक्रममा दशरथ चन्द नगर पालिकाको सहयोग रहेको थियो । साहित्यकार टेकराज पन्त, गजलकार श्रेष्ठप्रीया पत्थर, वीरबहादुर चन्द बिश्रामको सहभागीता रहेको थियो ।