काठमाडौँ
अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) द्वारा आयोजित दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धाुमा शिल्पा केसीद्वारा निर्देशित दसैं आयो प्रथम बनेको छ । फिल्म निर्माण टिमले पुरस्कारमा नगद एक लाख नगद जितेको छ ।
प्रतियोगितामा अर्जुन तिरुवाको द ब्रिजु दोस्रो र विशाल झाको अन्तिम यात्राु तेस्रो बन्यो । ‘द ब्रिजुले पुरस्कारमा नगद ५० हजार पाउँदा अन्तिम यात्राले २५ हजार जित्यो । देवनन्दन मण्डलको पेपर बोन्ड्सले स्पेसल मेन्सन पायो ।
प्रतिस्पर्धाको अन्तिम छनोटमा नौ लघु फिल्म परेको थियो । २० वर्ष मुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरुलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कात्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको बताए । प्रतियोगितामा विजय फिल्मकर्मीले अस्कर कलेजमा पढ्न ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने बताइएको छ ।