• २०८१ माघ ९ बुधबार

कपिल शर्माको ‘चट्टै माया चट्टै’ सार्वजनिक

कास्की,

गजलकार तथा रंगकर्मी कपिल शर्माले लेखेको नयाँ गीत ‘चट्टै माया चट्टै’ सार्वजनिक भएको छ । नेपाल आइडल सिजन ५ का विजेता करण परियार र गायीका प्राप्ति ढकालको स्वरमा रहेको उक्त गीतमा सुरज तिवारी र मुना देवकोटाको अभिनय रहेको छ ।

संगीत भने सन्तोष बस्यालले गरेका हुन् । ओएसआर युट्युव अफिसियल पेजबाट सार्वजनिक भएको गीतमा रोहन नेपालीको निर्देशन रहेको छ ।