काठमाण्डौ ।
नारी स्रष्टा समाजद्वारा आयोजित एक कार्यक्रममा भानुप्रकाश जोशीको कविता कृति श्वेताम्वरा डा. ध्रुवकुमारको लघुकथा संग्रह गुनासो र ममता मृदुलको विविध विधाका कृतिहरू समालोचना सँग्रह एकसाथ सार्वजनिक गरिएको छ । नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सावित्री मल्ल कक्षपति हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र महेन्द्र मोरङ क्याम्पस् विराटनगरका पूर्व क्याम्पस् प्रमुख प्रा. डा. गोविन्दमान सिँह कार्की हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा मिलन समीर, त्रिभुबन चन्द्र वाग्ले, राजेश खनाल, रमेन्द्र कोइराला लगायत ७ जना स्रष्टाहरू नगद पुरस्कार सहित सम्मानित हुनु भएको थियो । मोहनलता स्रष्टा सम्मान २०८१ बाट सम्मानित स्रष्टाहरु भानुप्रकाश जोशी ललितपुर, श्याम स्मृत ललितपुर, पवनकुमार बुढाथोकी काठमाडौँ, अर्नव लम्साल काठमाडौँ, शुक्रराज कुँवर सुनसरी, रोशन पराजुली सुनसरी, शम्भु अर्याल मिर्दी स्याङ्जा र नवराज पोखरेल नवशिला मोरङ हुनुहुन्थ्यो । नारी स्रष्टा सम्मान २०८२ बाट सुमन थापा सङ्गम काठमाडौँ, नीता श्रेष्ठ नित्यनूर ललितपुर, तारा के.सी. काभ्रे, मीरा काफ्ले पोखरेल झापा, सुनिता निरौला पौडेल दमक झापा र रिसिका ढकाल कोटेश्वर काठमाडौं सम्मानित हुनुभएको थियो ।
कार्यक्रमको बिचमा सँस्थाले २ लाख बराबरको खेलकुद सामग्री स्याङ्जा बिद्यालयका शिक्षक समेत रहेका कवि मिलन समीरलाइ हस्तान्तरण गर्नुभएको थियो । कथाकार बिक्रम भक्त जोशी र बिन्जु जोशीले आफ्ना बुबा र आमा प्रभु भक्त जोशी र छोरी नानी जोशीको नाममा हालै स्थापित प्रभुभक्त – छोरीनानी बर्ष पुस्तक पुरस्कार पनि पहिलो पटक वितरण भएको थियो ।