समाचार

काठमाडौं ।
साहित्यकार कवि डा. दुबसु क्षेत्रीद्वारा लिखित दुई गीति कवितासंग्रह एकसाथ प्रकाशित भएको छ । डा. क्षेत्रीको दुई गीतसंग्रह ‘अविरल यात्राजस्तो मेरो जिन्दगी’ र ‘अद्र्धमुदित अधरहरू’ प्रकाशित भएको हो । ‘अविरल यात्राजस्तो मेरो जिन्दगी’ लाई दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानले र ‘अद्र्धमुदित अधरहरू’ वसुन्धरा- मान प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो । हाल जापानका लागि नेपाली राजदूत रहेका डा. दुर्गाबहादुर सुवेदी (कवि दुबसु क्षेत्री)का तीन दर्जनबढी कृति प्रकाशित छन् ।