कविता

काठमाडौँ, असोज ।
शमी साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौंमा सम्पन्न एक कार्यक्रममा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण गरिएको छ । संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक डोलिन्द्र प्रसाद शर्माले गर्नु भएको थियो ।
शनिबार दिउँसो भएको कार्यक्रममा गंगाप्रसाद उप्रेतीको ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण गरिएको थियो । यस्तै साहित्यिक क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका वरिष्ठ स्रष्टाहरु कृष्ण गौतम, रामप्रसाद उपाध्याय पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेम विनोद नन्दन र प्राध्यापक डा।कृष्णप्रसाद दाहाललाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व कुलपति वैरागी काइँलाले प्रत्येकवर्ष सम्मान तथा पुरस्कार दिने, पुस्तक प्रकाशन गरिदिने शमी प्रतिष्ठानका कार्यक्रमले नेपाली साहित्यको विकासमा थप योगदान पुर्याउने जनाउनु भयो । यस्तै उहाँले लेखक उप्रेती राजनीतिक घटनाक्रमको विश्लेषण गर्न र साहित्य लेखनमा निपुण व्यक्ति भएको भन्दै प्रशंसा गर्नु भएको थियो ।