समाचार

काठमाडौं ।
लेखक तथा अनुसन्धानदाता बद्रीप्रसाद ढकालको नवीन समालोचकीय कृति ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’को सडक विमोचन गरिएको छ ।
साहित्यकार बीपी कोइरालाको १११औँ जन्म जयन्तीको अवसर पारेर सोमबार बागबजारमा सडकमै उभिएर प्रा. डा. सुरेन्द्र केसी, लेखक ढकाल, प्रकाशक केशव पराजुली लगायतका साहित्यकारले उक्त कृतिको विमोचन गरे । यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।