• २०८२ असार २२ आइतबार

प्रकाश घायलका चार मुक्तक

प्रकाश घायल

प्रकाश घायल

माया गरेकाहरूले नै मौका पाए डस्दा रहेछन्
चिल्लो घस्नेहरूले नै मुटुमा छुरा धस्दा रहेछन्
दुनियाँमा माया र बिश्वासमा नै ब्यापार भएपछि
अरूलाई फसाउछु भन्दा आफैं फस्दा रहेछन् ।।

लटरम्म फल फलेको हाँगोले जमिनमा झुक्नुपर्छ
संसारको उज्यालो सूर्यले पनि बादलमा लुक्नुपर्छ
शक्तिशाली भएपनि घमण्डको महासागर तरेपनि
आखिर१साउनमा उर्लने खहरे हिउँदमा सुक्नुपर्छ !!

गाउँघर सुन्दर उस्तै लाग्छ अझै अस्तव्यस्त शहर उस्तै लाग्छ
उमेरले नेटो काटेपनि जवानीमा जस्तो थियो रहर उस्तै लाग्छ
समय नै अधकल्चो भएपछि ,सुख दुस्खमा अनुवाद भएपछि
नैतिकतामै मिसावट भएपछि अमृत अनि जहर उस्तै लाग्छ ।।

भरोसा गरेकाले कैँची र कप्टी पासा बोकेको देखियो
निहित स्वार्थको उत्कट अभिलाषा बोकेको देखियो
उज्ज्वल भविस्यको स्वर्णिम यात्राले लय लिदा नलिदै
हाँस्दै निस्कनेहरूले फर्किदा निराशा बोकेको देखियो ।


प्रकाश घायल