नेपाली साहित्य

नियालेँ बेस्सरी कन्सिरी खुम्चाएर ।
देखिन केही ।
नदेख्दा बोल्ने कुरा नि आएन ।
आवाज आयोस आवाज बुझिन ।
हाँस्योस हाँसेँ !
रोयो जस्तो गर्योस तर म रोइन !
पृथ्वीलाई डल्लो पारेर मुठ्ठीभित्र राखेर घुँएत्रो हान्योस तर, म पृथ्वीभित्रै थिएँ, केही भएन ।
ऊ अत्तालियोस ब्यङ्ग गर्यो । नबुझे झैँ गरेँ र मन कुँडालेँ ।
अधकल्चो हृदय तेर्सायोस पकाउन जानिन र काँचै दिएँ ।
ऊ भोकै रहेछस म भोजन बन्न तयार भएँ !
ऊ हडबडायो सायदस म अझै जिउँदो नै थिएँ !
उसले पुष्पवृष्टि गर्न थाल्यो लगातार !
सोधेँ, के प्रेम र मृत्यु एक-अर्काका प्रयायवाचीहरू हुन् ?
कात्यायन
चाबहिल, काठमाडौँ – ७