हौ
ब्रह्मा
तिमी त
विष्णु अनि
तिमी नै रैछौ
म हे श्व र पनि
परमब्रह्म तिमी
साक्षात सर्बैसर्बा
अंधकार अज्ञानको
नाश गरि ज्ञान दियोको
ज्योति छर्ने पुजनीय तिमी
सल्काएर आफैलाइ नै
तेलैमा त्यो बाती सरि,
देउता देखि माथि
तिमीलाइ राख्छु
आदर सहित
गाइ रहन्छु
सधै भरि
गरिमा
तिम्रो
म ।
रीना देवी भारद्वाज