• २०८२ असार २५ बुधबार

मदन पुरस्कारका लागि ५ वटा पुस्तकहरूको सूची सार्वजनिक

काठमाडौँ ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार २)८) का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको हो । छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन(तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ुनीरवु को सन्त्रासका साठी दिन रहेका छन् । गुठीलाई कूल ३)४ पुस्तकहरू प्राप्त भएका थिए ।

वि. सं.  २0१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २)१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

मदन पुरस्कार गुठीले वि. सं.  २0१२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटा पुस्तकहरू छनोट गरी सूची सार्वजनिक गर्दछ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ । छनोटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ । २०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।