• २०८२ असार २१ शनिवार

चाँगुनारायणमा मनाइयो भानुभक्तको २११ औँ जन्मजयन्ती

भक्तपुर, २०८१ असार ।

भक्तपुर सुसेली मञ्च तथा झौखेल सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा चा न पा ३ दाहाल गाउँ स्थित बालभूषण आधारभूत विद्यालयमा २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताकासाथ मनाइयो ।

भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति र वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमका अतिथिहरूमा चागुनारायण न पा ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल, चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, दियालो साहित्य सर्गमकी अध्यक्ष शान्ति शर्मा, साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले, बालभूषण आधारभूत विद्यालयका प्र अ रामप्रसाद दाहाल, बयोवृद्ध ९२ वर्षका सूर्यकान्त गेलाल र भक्तपुर बुढ्यौली साहित्यका कविराज घिमिरे अतिथि रहेको उक्त कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष दधिराम गेलालले पाहुनालाई स्वागत गर्नुभएको थियो ।

रमेश न्यौपानेले भानुभक्तका बारेमा विभिन्न समयमा लेखिएका रचना र सन्दर्भ प्रस्तुत गर्नुभएको थियो । हरिप्रसाद दाहालको रामायण वाचनसँगै कविता वाचन गर्नुहुने कविहरूमा प्रकाश बस्नेत गफाडी, शिवराम खड्का, पदम दाहाल, श्यामप्रसाद खनाल, तारा गाउँले, जुनु घिमिरे, लालबहादुर भुजेल, अनु श्री आचार्य, कल्पना काफ्ले, शान्ति शर्मा, शान्ति घिमिरे पौडेल, कविराज घिमिरे, इश्वर के सी अलेख, नवराज दाहाल जुझारु, रचना दाहाल, टिकाराम गेलाल, केशव ज्ञावली, सालिकराम दाहाल, सावित्री गेलाल, विश्वनाथ ढुङ्गेल र बि के माकजुले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।