सर्लाही ।
लालबन्दी नगर वाङ्मय परिषद्ले वर्ष २०८१ को पुरस्कारका लागि पुस्तक माग गरेको छ । पुस्तक प्रकाशन गृह तथा लेखकहरूलाई सम्बोधन गरी पुस्तक माग गरिएको हो । परिषद्ले राष्ट्रिय स्तरको पुरस्कारका लागि रु. ५० हजार र स्थानीय पुरस्कारका लागि रु. १० हजार रूपियाँ राशिको पुरस्कार तोकेको छ ।
साथै, यस वर्षबाट नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका राष्ट्रिय व्यक्तित्वहरूमध्येका १ जनालाई समेत रु. ५० हजारसहित ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी गराए । लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ राष्ट्रिय तथा स्थानीयस्तरमा प्रदान गर्दै आइरहेको छ ।