कविता
![](https://aksharang.com/wp-content/uploads/2022/07/10-JULY-SUNDAY-01.jpg)
तिमी जिउँदै गाडी देऊ मलाई
म फैलिने छूँ हरियो चउर बनेर
र बन्ने छूँ मलिलो खेत ।
तिमी जलाउन सक्छौ मलाई
म उड्ने छु अग्नि-पक्षी बनेर
र गर्नेछु अन्तरिक्षको गहन परिक्रमा ।
घुमाएर कुनै जादुइ छडी
बन्द गर्न सक्छौ तिमी मलाई कुनै बोतलमा
म भाप बनेर आकाशमा
उभिने छु तिम्रै सामुन्ने ।
तिमी मिसाउन सक्छौ मलाई हावामा
जसरी पानीमा मिसिन्छ पानी
म पनि फैलिने छु चारै दिशामा
तिमीले फेर्ने सास बनेर ।
फ्रेममा कैद गरेर मलाई
तिमी झुण्ड्याउन सक्छौ आफ्नो कोठाको भित्तामा
म बगेर जानेछु तिमीभन्दा टाढा
अचानक कुनै नदीमा आएको बाढीजस्तै ।
म नै बन्नेछु
धरती
आगो
आकाश
हावा
पानी ।
जति बांध्ने छौ तिमी मलाई
म त्यति नै उन्मुक्त फैलिने छूँ
कुनै प्राकृतिक झरनाजस्तै ।
अनुवादक: राजेन्द्र शलभ
सुकीर्थ रानी