• २०८१ कातिर्क २१ बुधबार

‘एलियनलाई प्रश्न’ बालकथासंग्रह प्रकाशित

पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ । तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन् ।

पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्यसहित बालकथा प्रकाशन गरेको बताए । कथासंग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । पण्डितका अनुसार कथाहरूमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरताजस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन् ।

साहित्यकार पण्डितको यसअघि तिजको सौगात (गीतसंग्रह), तुलसी रस (कवितासंग्रह), लोकगीत मञ्जरी (गीति कवितासंग्रह), तुलसीपत्र (कवितासंग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरंग (गीति कवितासंग्रह) प्रकाशित भइसकेका छन् ।