हेल्लो, तिमी डेभिड होइन ? शहरमा नव धनाढ्य बनेको डेभिड पहिले देववाणी नेपाली हो, नेपालमा । पाताल पुगेर कुस्त कमायो, फर्कियो नेपाल एक छोरी लिएर, पत्नीले धोका दिएपछि, मेरी डिसुजालाई मेरी प्यारी नेपालीमा भन्यो, उसले पनि डेभिड निपोली भनी, भार्या बनी । छोरी जन्मी, नाम राखे मेडिना डिसुजा । बीस बर्षमा गठबन्धन उही शेरजी र स्वच्छ छविजीको जस्तै । आमासित नरमाउने, यही भएर मदिना मक्का बनेर नेपाल आई । को हो मलाई तिमी भनेर बोलाउने ? मोबाइल नम्बर कहाँबाट पायो ! र ? मनमा कुरा खेले देवको, कता कता परिचित जस्तो आवाज ! अर्को मनले यो पनि सोच्यो, बोल्यो, हजुर, म देव बोल्दैछु, लिटिल बिट कन्फ्यूज्ड, हजुर को हो ?
साध्य ३६ नमिल्दा थप्पड दिने मान्छे को थियो देवे ? प्रोफेसर जमीर नारायण विवेकी । आम्मै गुरुदेव, नमन ! अघि नै हो हो जस्तो त लागेको थियो लौ दर्शन पाउनपर्यो । पक्का, भोलि सुमनपुर आउनू, मङ्गलमय प्याराडाइज लजमा, ठीक एक बजे ! कुरा मिल्यो । खास कारण, सामाजिक सन्जालमा मदिना मक्का विवेकीको साथी बनी । उतै बानी अलि पुरुषमैत्री बनाएर आएकी २२ बर्षे नानी, प्रियदर्शिनी, युवक देखे तर्सिने, पाका पाए हर्षिने, हनी को आशमा, मनी होइन, विवेकीलाई भाइब्रेट गर्न थाली । विवेकीले शोध गरेर जन्मकुण्डली पत्ता लगायो । अनि ।।।।
त्यसो भए हजुरहरू पनि दुई जना मात्र ? लामो गफपछि । गुरुचेलाको बीचमा मदिनालाई स्नेहपूर्वक सम्झाउने योजना बनाएर अरू गफमा भुले । दुई घन्टापछि, कोही बाहिर, तीन बजे सेटिङ्ग, थाहा पायो विवेकीले, नानी, पुस द डोर, बन्द छैन । पसिन् भित्र आऊ छोरी, आऊ ! महघिउ बोलीमा मिसाएर बोल्यो देव, ड्याडी, यू आर हियर ! ? यू नो हिम र ? बस छोरी, म मेरो बालाई चिन्दिन त । तिम्रो ग्र्याण्ड पा, मैले कुरा गर्ने मेरो पिता सरहको म्याथ टिचर उहाँ नै हो । आज राम्रो साइत जुर्यो छोरी । म पनि घुम्दै आएको, गुरु बा भेटिनुभयो, अनि साइत मिलाइयो । बियर लिने छोरी ?
तीन महिनापछि, विवेकीकै व्यवस्थापनमा मदिनाको बिबाह भयो, एउटा टुहुरोसित, घर जुवाइँ बन्यो । सबैको कल्याण भयो । पैसाको कमी नभए पनि देवले विवेकीकै सल्लाहमा जनवादी बिबाह सम्पन्न गरायो, गजल गाएर । हजुर बा, हजुर त ईश्वर हो ! मदिनाले लेखिन् । होइन नातिनी, म ईश्वरको बा, ईश्वर हाम्रो कान्छो छोरा ! आशीर्वाद छ नातिनी, मेरो त जीवनभरिको काम अरूलाई सुधार्ने हो, आफू जे जे भए पनि ! यू आर रियल्ली ग्रेट हजुर बा ! फेरि पनि आशीर्वाद ! The glory is not in never falling but rising each time we fall GD विवेकीका जोर नैना रसाए ।
धनराज गिरी