• २०८१ श्रावाण ५ शनिवार

‘बाल बगैँचा’ र ‘बसन्तका कविताहरू’ कवितासङ्ग्रह लोकार्पण

‘बाल बगैँचा’ कवितासङ्ग्रह तथा अर्का साहित्यकार बसन्तकुमार बस्नेतको ‘बसन्तका कविताहरु’ कवितासङ्ग्रह्रहरू सार्वजनिक गरिएको छ ।

काव्य घर नेपाल मिडिया प्रा.लि.को पेरोल काव्य घर नेपाल साहित्य विभागद्धारा आयोजना गरिएको एक भव्य कार्यक्रमका बीच साहित्यकार अधिकारी विमलाको ‘बाल बगैँचा’ कवितासङ्ग्रह तथा अर्का साहित्यकार बसन्तकुमार बस्नेतको ‘बसन्तका कविताहरु’ कवितासङ्ग्रह र साहित्यिक भित्ते पात्रो २०८१ सार्वजनिक गरिएको छ ।

बागबजार स्थित होटल हार्दिकमा आयोजित उक्त कार्यक्रममा काव्यघर नेपाल मिडियाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्व तथा भ्रष्टाचार बिरोधी अभियानका अभियन्ता तथा कालो सूर्य उपन्यासका लेखक बरिष्ठ साहित्यकार भरत जङ्गमको प्रमुख आतिथ्य तथा बिशिष्ट अतिथि प्रा. डा. गोविन्द गुरागाई, प्रा. डा. रमेश शुभेच्छु, हिमलाल अधिकारी, बाल साहित्य लेखनका क्षेत्रमा चर्चित साहित्यकारहरु गङ्गा कर्माचार्य पौडेल, तथा ललिता ‘दोषी’, बरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मन्जिला अनिल, देवी अधिकारी, दिपेन्द्रनाथ शर्मा, अम्बिका नरेन्द्र रेग्मी, घमप्रसाद अधिकारी लगायत सयौंका संख्यामा उपस्थित साहित्यानुरागीको समुपस्थितिमा उक्त दुई कृतिहरू तथा साहित्यिक भित्ते पात्रो २०८१ सार्वजनिक गरिएका छन् । राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमा अधिकारी विमलाका नाति नातिनी युभान र आभ्यानाको प्रस्तुति रहेको थियो ।